www.tandavnews.com
Fact ~ In search of truth

मृत्युको प्रमुख सूचक फोहोरःअध्यक्ष तिमिल्सिना

पर्वत ।

फोहोर व्यवस्थापन नगर्नु घातक भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् ।

फोहोरलाई बेवास्ता गरे मानव स्वास्थ्यमा असर मात्र नगरी मृत्युको सिकार बन्न सक्ने बताउँदै तिमिल्सनाले फोहोर व्यवस्थापनमा ध्यान दिन आग्रह समेत गरेका छन् । अध्यक्ष तिमिल्सिनाले ‘अत्याधुनिक प्रविधिबाट फोहोरमैला व्यवस्थापन’ विषयक अन्तक्रियामा यस्तो बताएका हुन् ।

Batas

कार्यक्रममा मृत्युको प्रमुख सूचक फोहोर भएकाले प्रभावकारी व्यवस्थापनमा ध्यान दिन सक्नुपर्ने बताए । उनले भने, ‘फोहोर मैलो सानो रुपमा छैन, यसको विशाल रुप छ, तसर्थ व्यवस्थापन गर्न आवश्यक परिसक्यो ।’ उनले थपे, ‘फोहोर व्यवस्थापन गर्ने प्रमुख दायित्व स्थानीय,प्रदेश र केन्द्रीय सरकारको मात्र नभई स्थानीय हामी आफैको हो ।’ उनले प्लास्टिकका झोला प्रयोग गर्ने चलन पूर्ण रुपमा बन्द गर्न नागरिक आफै सचेत हुनुपर्नेमा जोड दिए । यसको प्रयोग रोक्न सबै सरोकारवाला चनाखो हुन आवश्यक रहेको उनले बताए ।

स्पेनको म्याड्रिड नगरपालिकाले दीर्घकालीन रुपमा फोहोर मैला व्यवस्थापन गर्न थालेको अभियान लुम्बिनी नगरपालिकाले सुरुआत गरिसकेको उल्लेख गर्दै तिमिल्सिनाले पर्वतको कुश्मा नगरपालिकामा अभियान थालनी गर्न लागिएको बताए ।

अभियानकर्ता गोविन्द सुवेदीले नेपालका सबै नगरपालिकालाई एउटै हाँगामा जान सहयोग मिल्ने बताए । सुवेदीले यो अभियान यहाँ सुरु गर्दा स्पेनको म्याड्रिड सरकार आफैले लगानी गर्ने पनि बताए ।

म्याड्रिड नगरपालिकासहित यहाँका पालिकाबीचमा फोहोरमैला व्यवस्थापन, फुटबल र कृषि क्षेत्रलाई जोड्ने योजना रहेको उनले बताए । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, जिल्ला समन्वय समिति प्रमुख मनोहर विश्वकर्मा पौडेल,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल लगायतले अभियानको थालनी गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।

कार्यक्रममा जुपिटर नेपाल ओभरसिजका इन्जिनियर रमेश सुवेदी, सुरक्षा पन्तले फोहोरमैला व्यवस्थापन गर्ने सूचकका बारेका प्रशिक्षणसहित तथ्यांक प्रस्तुत गरेका थिए । उनीहरुले फोहोरमैला व्यवस्थापन नगर्दा प्रत्येक वर्ष विश्वमा २ हजार जनासम्मको मृत्यु हुने गरेको उल्लेख गरे ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर सीता काफ्ले लामिछाने, सूचना अधिकारी ध्रुव पौडेल लगायतले सहजीकरण गरेका थिए । कुश्माका मेयर जोशीले कुश्मा नगरपालिकालाई नमुना सिटी बनाउन आफ्नो टिम लागिपरेको बताए । उनले केन्द्रीय सरकार स्थानीय सरकारप्रति सकारात्मक बन्न सके देशको विकास र रोजगारीको निकास हुने धारणा राखे ।

मेयर जोशीले इन्जिनियर सुवेदीको टिमले तयार गरेको योजनालाई केन्द्रीय सरकारले मनन् गरी देशभर योजना बनाउनुपर्नेमा जोड दिए । मेयर जोशीले कुश्मा नगरपालिकालाई नमुना सिटी बनाउने अभियानमा आफ्नो टिम रातदिन खटेको सुनाए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.