www.tandavnews.com
Fact ~ In search of truth

सुदूपश्चिमका सागका दुई खेलाडी सम्मानित

कैलाली ।

अत्तरिया उद्योग वाणिज्य संघले भर्खरै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा पदक जित्न सफल खेलाडीलाई सम्मानपत्रद्वारा सम्मान गरेको छ ।

संघले कैलालीको अत्तरियामा बुधबार आयोजित एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सागमा स्वर्ण पदक जित्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का वीरबहादुर महरा र कास्य पदक जित्ने सोही वडाका मनोज मल्ललाई सम्मान गरेको हो ।

Batas

उनीहरु दुवैलाई उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा र संस्थापक अध्यक्ष वसन्त रोकाय ललितले सम्मानपत्र प्रदान गरे । सो अवसरमा संघका संस्थापक अध्यक्ष ललितले यो जीत भनेको दुई जनाको मात्र नभई समग्र सुदूरपश्चिमको भएको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.