www.tandavnews.com
Fact ~ In search of truth

रुकुमका प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण, चेन प्रहारबाट टाउकोमा चोट

रुकुम ।

रुकुममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीयमाथि हिजो (बुधबार) राती कुटपिट भएको छ ।

रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई वडाध्यक्षसहितका टोलिले कुटपिट गरेको जनाइएको छ ।
उनीसँगै सूचना प्रविधि अधिकृत गणेश चन्द पनि कुटिएको जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिमले जानकारी दिएको छ ।

Batas

केसी र चन्द कार्यालयको काम सकेर घरतर्फ फर्किदै गर्दा कुटिएका थिए । आक्रमणबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको टाउकोमा चोट लागेको जनाइएको छ । आक्रमणकारीले उनीमाथि चेन प्रहार गरेका थिए । चेनप्रहारबाट चोट पुगेको उनको टाउकोमा पाँच टाका लगाइएको छ ।

कुटपिटमा परेका सूचना प्रविधि अधिकृत चन्दलाई भने सामान्य चोटपटक मात्रै लागेको छ ।कुटपिटमा संलग्नको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकलाई नियन्त्रणमा लिएको छ ।

आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजुपछि केशरमानसँग आफ्नो विवाद भएको र त्यसकै रिस फेर्न बुधबार आक्रमण गरेको कुटिएका निमित्त प्रशासकीय अधिकृत केसीको भनाई रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.