www.tandavnews.com
Fact ~ In search of truth

भोलि(शुक्रबार)बाट पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन

पोखरा ।

न्यारेटरले पोखरामा आफ्नो पहिलो प्रस्तुतिको रुपमा नाटक ‘उ मरेकी छैन’ मञ्चन गर्दैछ । यो नाटक मञ्चनको सम्पूर्ण तयारी पूरा भएको न्यारेटर समूहका रेवन राईले जानकारी दिए ।

पौष ४ गते शुक्रबार दिउँसो साढे ४ बजेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने यो नाटक नाट्य सम्राट बालकृष्ण समले लेखेको नाटक हो । नाटकको परिकल्पना र निर्देशन चे शंकरले गर्दैछन्। । नाटकमा लोपोन्मुख मारुनी नृत्य, लोक शैलीको भजन तथा लोक गीत समावेश गरिएको छ । १ घण्टा १० मिनेट अवधिको यो नाटकले दर्शकको माया पाउनेमा निर्देशक तथा परिकल्पनाकार चे शंकर विश्वस्त छन् । यो धार्मिक नाटक हो ।

Batas

पहिलो पटक सन् २०१२ बाट’ नाटक लेखन तथा निर्देशनमा सक्रिय बनेका चे शंकरले हालसम्म एक दर्जन बढी नाटक दिर्नेशन गरिसके । उनी नाटक लेखन, निर्देशन तथा प्रशिक्षणमा क्रियाशिल छन् । यसअघि चे शंकरको निर्देशनमा पोखरामा तिर्खा नाटक मञ्चन भएको थियो ।

नाटकमा रोसन ज्ञवाली, सन्दिप पाण्डे, ज्योती हमाल, विष्णु राज तिमिल्सिना, टिकाराम पौडेल, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, उज्वलराज ढकाल, विनोद रसायली, गौरव पौडेल, दिलकुमारी लक्ष्मी हमालले अभिनय गर्दैछन् । नाटकमा सह–निर्देशनको जिम्मा रेवन राईले निभाएका छन् ।

नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा पौष १४ गतेसम्म मञ्चन हुनेछ । नाटक हरेक दिन दिउँसो सवा ४ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे समेत मञ्चन गरिने सह–निर्देशक रेवन राईले जनाए । आफुहरुको पहिलो प्रयासमा नाटक मञ्चन गर्न लागेकोले नाटक हेरेर प्रतिक्रिया दिनको लागि उनले सबैमा अनुरोध गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.