www.tandavnews.com
Fact ~ In search of truth

उदयपुरमा बोलेरो दुर्घटना:४ को मृत्यु, २ घाईते

उदयपुर।

उदयपुरमा बोलेरो दुर्घटनामा चारको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।उदयपुरगढी गाउँपालिका ३ को गोठडाँडामा आज(बिहीबार) बिहान करिब सवा ९ बजे बोलेरो दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकको उपचारका लागि अस्पताल लैजादैँ गर्दा मृत्यु भएको जनाइएको छ ।

भारतीय नम्बर प्लेट भएको एसके ०१ पीबी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा उदयपुरगढी गाउँपालिका निवासी ६१ वर्षीय टिकनारायण श्रेष्ठ, उनकै भाइ ४७ वर्षीय मिननारायण श्रेष्ठ र ४७ वर्षीय ढकबहादुर मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Batas

साथै मोरङको पथरी बस्ने ३१ वर्षीय टीकाराम श्रेष्ठको उपचारका लागि कटारी अस्पताल लैजादैँ गर्दा मृत्यु भएको छ । घाइते भएका मोरङ पथरी ४ का ५५ वर्षीय लक्ष्मीप्रसाद राई र भारतको सिक्‍किम बस्ने २८ वर्षीय पवन राइलाई बिराटनगरको नोबेल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.