www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ पर्वतमा पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट

बागलुङ ।

नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिीरका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा हिजो(बुधबार)देखि सेवा थालनी गरेको हो ।

यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा बुधबार सो सेवाको शुभारम्भ गर्दै इन्टरनेट र भ्वाइस सेवा एकसाथ शुरुआत भएको जानकारी दिए।

उनले भने, ‘ग्राहकको पुरानै टेलिफोन नम्बरमा फाइबर प्रविधिबाट सेवा उपलब्ध गराएका छौँ ।’ पहिलो चरणमा गलेश्वरका ६० जना ग्राहकले फाइबर जडान गरेका छन् । टेलिकमले १२८ जनालाई पुग्ने गरी तार र प्रणाली तयार गरेको छ ।

गलेश्वरपछि सदरमुकाम बेनी बजारमा फाइबर सेवा विस्तार गरिनेछ । पुरानो प्रविधिका फोन र इन्टरनेटलाई विस्तारै नयाँमा रुपान्तरण गर्दै लाने प्रमुख शर्माले जानकारी दिए ।उनका अनुसार बेनी बजारमा दुई हजार ५६० जना ग्राहककोमा फाइबर पुर्याउने काम जारी रहेको छ । बेनीको टेलिकम कार्यालयमा रहेको ‘अप्टिकल लाइन टर्मिनल’बाट गलेश्वरमा फाइबरको तार लगिएको छ ।

Lama collectio News Middle

गलेश्वरबाट पुरानो तामाको तारको प्रविधि पूर्णरुपमा विस्थापन भएको टेलिकम म्याग्दी कार्यालयका प्रमुख विष्णुदेव शाहले बताए । स्थानीय बासिन्दा फाइबारको एउटै तारबाट फोन र इन्टरनेट सेवा पाउँदा खुशी छन् ।

फाइबर प्रविधिबाट ग्राहकले भरपर्दो, स्तरीय र तीव्र गतिको ‘भ्वाइस’ तथा ‘इन्टरनेट’ सेवा पाउने उनले जानकारी दिए। ‘तामाको तार हुँदा इन्टरनेटको गति जम्मा पाँच एमबिपिएस थियो, अब न्यूनतम आठ एमबिपिएसदेखि ५५ एमबिपिएससम्मको सेवा ग्राहकले पाउनुहुनेछ’, उनले भने ।

बागलुङ बजारका एक हजार ८५० भन्दाबढी ग्राहकले अहिले फाइबर प्रविधिबाट इन्टरनेट सेवा लिइरहेका छन् । बागलुङ सदरमुकाममा मात्र पाँच हजार २५० जना ग्राहककामा फाइबर जडान गर्ने लक्ष्य छ ।

यस्तै पर्वत सदरमुकाम कुश्मामा दुई हजार ५६० र मुस्ताङ सदरमुकाम जोमसोममा एक हजार २४ ग्राहकलाई सेवा दिने गरी फाइबर बिछयाउने काम भइरहेको टेलिकमले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery