www.tandavnews.com
Fact ~ In search of truth

कोरियन मार्सल आर्ट्स हाप्किडोको अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा

पोखरा,
ताण्डव न्यूज ।

नेपाल मार्सल आर्ट्स हाप्किडोको सेमिनार पोखरामा हुने भएको छ ।

नेपाल मार्सल आर्ट्स हप्किडो संघले अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्न लागेको हो ।सेमिनारमा २० देखि २५ राष्ट्रका ग्रान्ड मास्टर, मास्टर, प्रशिक्षक, खेलाडी, अफिसियलको सहभागिता रहने संघका अध्यक्ष तथा कार्यक्रम संयोजक काली बहादुर घर्ती मगरले जानकारी दिए ।

Batas

सेमिनारमा ग्रान्डमास्टर हि क्वान्ली (अमेरिका), ग्रान्डमास्टर गेरहार्ड अग्रिन्च (अष्ट्रिया), ग्रान्डमास्टर डेमिट मोमोट (रसिया), ग्रान्डमास्टर लियोनिट ली (दक्षिण कोरिया), ग्रान्डमास्टर सिएन पियर्सन (अमेरिका), मास्टर काली बहादुर घर्ती मगर (नेपाल) र आठौँ साफ गोल्ड मेडलिस्ट बक्सिङका प्रकाश थापा मगरले प्रशिक्षण दिने छन् ।

संघले यसअघि २०१६मा समेत राष्ट्रिय सम्मेलन गरिसकेको छ । यसैगरी २०१७-१८मा जिल्ला प्रतियोगिता, प्रादेशिक प्रतियोगिता, राष्ट्रिय प्रतियोगिता गर्दै यसै वर्ष रोल्पामा सहिद स्मृती मार्सल आर्ट्स हप्किडो राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।

संघले ४० जिल्लामा नियमित प्रशिक्षण दिदै आएको आयोजक घर्ती मगरले बताए । अन्तर्राष्ट्रिय पहिचान, आत्मरक्षा र समाजिक अनुशासनका लागि मार्सल आर्ट्स महत्वपुर्ण रहेको उल्लेख गर्दै उनले सेमिनारले पोखराको सुन्दरतालाई थप परिचित बनाउने सुनाए ।

सेमिनार माघ ११ र १२ गते हुँदैछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.