www.tandavnews.com
Fact ~ In search of truth

संघीयताको आधार तयार गर्न सफलः मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय व्यवस्था अन्तर्गत तीनवटै तहका सरकारले यसका आधार तयार गर्न सफल बनेको बताएका छन् ।

गण्डकी प्रदेश समन्वय परिषद्को तेस्रो बैठकको आज यहाँ आयोजित उद्घाटन समारोहमा उनले नयाँ व्यवस्था अनुसार हालसम्म मूलभूत र संस्थागत आधार तय भएको बताउँदै आगामी दिनमा जनताले अनुभूति गर्ने गरी काम अघि बढ्ने उल्लेख गरे ।

Batas

यस अवधिमा स्थानीय तह र प्रदेशबाट भएका कमी कमजोरीलाई आत्मसात गर्दै तिनीहरूको समीक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले सहकार्य, समन्वय र सह अस्तित्वका माध्यमबाट समृद्धि र विकासमा उन्मुख बन्नुपर्ने आवश्यकता औंल्याए ।

पूर्वाधार निर्माणलगायत कामका लागि हालसम्म जग्गा प्राप्ति नहुँदा समस्या परिरहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले देखिएका समस्याको समाधान गर्दै अघि बढ्नुको विकल्प नभएको बताए ।

भोलिसम्म चल्ने बैठकमा विभिन्न क्षेत्र सम्वद्ध विज्ञका कार्यपत्र प्रस्तुत भई त्यस सम्बन्धमा छलफल गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष डा बालानन्द पौडेललले प्राकृतिक स्रोत र राजश्व बाँडफाँडको वर्तमान अवस्था र भावी योजना विषयक कार्यपत्रप्रस्तुत गर्नेछन् भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले पन्ध्रौं योजनाको राष्ट्रिय लक्ष्य र स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेल, सदस्य डा विष्णुप्रसाद बराल, मुख्य न्यायाधीवक्ता डा राजेन्द्र घिमिरे, गणेशप्रसाद पाण्डेयलगायतले विभिन्न विषय सम्बद्ध कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.