www.tandavnews.com
Fact ~ In search of truth

उदयराजको यौन उछाल, छात्रामाथी अश्लील हर्कत

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

नाम : उदयराज पोखरेल
पेशा : शिक्षक, अमरसिंह मावि, पोखरा
उमेर : ३५ (सामाजिक सञ्जालमा राखिए अनुसार)

उदयराज, अमरसिंह माविमा कक्षा १० सम्मलाई पढाउने गरि स्थायी नियुक्तीमा छन् । सोही विद्यालयमा ११÷१२ कक्षालाई विहानी सत्रमा पनि अध्यापन गराउँछन् । उनी पेडागोजीका शिक्षक हुन् ।

Batas

कसरी पढाउने ? भनेर विद्यार्थीलाई पढाउने यी शिक्षकको अश्लील हर्कत बाहिरिएको छ । कक्षा ११ की एक छात्रा अश्लील म्यासेजको हिंसामा परेपछि उदयराजको उछालिदो यौन हर्कत बाहिरिएको हो ।

फेसबुक आइडी मागेर अश्लिल फोटो पठाउने उदयराज त्यत्तिमा मात्रै सिमित भएनन् । हात समाउने, एक्लै भएको बेला एकोहोरो द्धि–अर्थी कुरा गर्ने व्यवहारले छात्रा आजित भइन् । सोमबार बिहान, बिहानी सत्रका संयोजक इन्द्र भुसाललाई पीडित छात्रासहितको समूहले यसबारे जानकारी गरायो ।

तर, विद्यार्थीको कुरा प्रशासनले गम्भिर रुपमा लिएन । जानकारी गराएको ३ दिन वितिसक्दा पनि प्रशासन मौन देखिएपछि बिहीबार विहान विद्यार्थी ओक्रोशित हुँदै कक्षाबाट बाहिरिए । विद्यार्थीको उग्र आक्रोशलाई सम्बोधन गर्दै अन्ततः उदयराजलाई बिहानीको सत्रमा पढाउन नपाउने निर्णय भएको प्रधानाध्यापक तेजस्वी बरालले जानकारी दिए । उनले भने ‘अहिलेलाई सबैको छलफलमा बिहानी सत्रमा पढाउन नपाउने निर्णय गरेको छौँ । यसपछि पनि छलफलबाटै के गर्ने भन्ने कुरा निक्र्योल गर्छौँ ।’

उदयराजको बाहिरीएको घटना यहि नै पहिलो भएपनि, अश्लील हर्कत भने पहिलो होइन । शिक्षक उदयराजले यसअघि पनि छात्रामाथी दुव्र्यवहार गरेको जानकारी गराउँदा पनि प्रशासन एक्सनमा उत्रिएको थिएन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.