www.tandavnews.com
Fact ~ In search of truth

नेपाली बजारमा चिनियाँ प्याजको आयात

रसुवा ।

नेपाली बजारमा प्याजको भाउ बढेसँगै देखिएको अभाव पूर्ति गर्न चिनियाँ प्याजको आयात बढेको छ ।

विगतमा थोरै मात्रामा चीनबाट नेपालमा प्याज आयात भइरहेकामा रसुवागढी नाकाबाट गएको मंसिर महिनामा मात्र चार लाख किलोग्रामभन्दा बढी प्याज आयात भएको छ ।

रसुवागढी नाकाबाट दुई सातादेखि दैनिक कम्तीमा ५० देखि १०० टनका दरले चिनियाँ प्याज आयात भइरहेको छ ।चालू आर्थिक वर्ष २०७६/०७७ को पाँच महिनामा ९ लाख १३ हजार किलो प्याज आयात भएको छ ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काकाअनुसार चार करोड ४० लाख मूल्य बराबरको प्याज रसुवागढी नाका हुँदै आयात भएको हो ।पाछिल्लो पाँच महिनामा रसुवा भन्सार कार्यालयले प्याजको मात्रै ४६ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.