www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीका वडाध्यक्ष २ लाख घूस लिएको आरोपमा पक्राउ

काठमाडौँ ।

नवलपरासीमा घूस लिने वडाध्यक्ष पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई नियन्त्रणमा लिएको हो ।आयोगको बुटवल कार्यालयको टोलीले वडाध्यक्ष मगरलाई हिजो (बिहीबार)उनकै वडाबाट पक्राउ गरेको हो ।

सेवाग्राहीको नाता प्रमाणित, घरगोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि बिना रसिद २ लाख लिएको र रसिद माग्दा नदिएको भन्ने निवेदनका आधारमा नियन्त्रणमा लिइएको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.