www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

बारामा जलाउँदै गरेको शवलाई प्रहरीले लियो नियन्त्रणमा

hima aus

बारा।

बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।

हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए।

Batas
classic tech

श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले आफ्नै श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको खुलेपछि शवलाई नियन्त्रणमा लिएको उपरीक्षक खनालले बताए ।

शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए । मृतकको माइती मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा रहेको हो ।

माइती पक्षले नै सो घटनाको बारेमा जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो । तराईका जिल्लामा दाइजोका कारणले नै श्रीमतीलाई मार्ने गरेका कयौँ उदाहरण भेटिन्छ । दोषीलाई कडाभन्दा कडा कारवाही हुनु पर्दछ अनि मात्र सुधार हुन्छ महिला अधिकारकर्मी बबिता जसवालले भने । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...