www.tandavnews.com
Fact ~ In search of truth

महिन्द्राकाे नयाँ मोडल ‘एक्सयूभी–३००’ अब गण्डकी प्रदेशमा

पोखरा ।

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटक भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ काठमाडौं पश्चात गण्डकी प्रदेशमा पनि बिक्रिवितरण शुरु गरेको छ ।

‘एक्सयूभी–३००’ गाडीलाई प्रदेश ४ का उद्योग, पर्यटन र पर्यावरण मन्त्री विकास लम्साल र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गरे ।

Batas

समारोहमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले एक्सयूभी ३०० गण्डकी प्रदेशमा उपलब्ध गराउन पाउँदा उत्साहित भएको बताए । उनले भने‘मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ ।’

कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्नेछ र गाडीले गण्डकी प्रदेशमा निकै राम्रो बजार बिस्तार गर्नेे आशा कम्पनीले गरेको छ ।

यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन् ।

यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल मा डब्लु ४ वर्गका लागि रु ३९,७५,००० र डब्लु ८ (अप्शनल) वर्गका लागि रु ५६,५०,००० त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि रु ४१,२५,०००, डब्लु ६ वर्गका लागि रु ४५,००,०००, डब्लु ८ वर्गका लागि रु ५१,५०,००० र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५७,२५,००० तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ ।

नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ ।

साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकर्षित गर्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.