www.tandavnews.com
Fact ~ In search of truth

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ चौथो संस्करणका लागि तयार

पोखरा
ताण्डव न्यूज ।

हस्टिालिटी क्षेत्रमा अध्ययन र काम गर्दै आएका युवा लक्षित हस्पिटालिटी नेपाल कन्टेस्ट चौथो संस्करणका लागि तयार भएको छ । आवेदनका लागि आह्वान गरिएसँगै प्रतियोगिताको तयारी सुरु भएको आयोजकले जनाएका छन् ।

एपी इन्टरटेनमेन्टको आयोजनामा हुने यस प्रतियोगिताले सरकारद्धारा घोषीत भ्रमण वर्षलाई समेत टेवा पुर्याउने आयोजकको दाबी छ । आयोजक संस्थाका अर्जुन पाण्डे भन्छन्‘अन्तर्राष्ट्रिय रुपमा भन्दा पनि स्वदेशी पर्यटकका लागि हाम्रो प्रतियोगिताले अवश्य टेवा पुर्याउँछ । प्रतियोगिहरु विविध क्षेत्रमा यसबाट प्रत्यक्ष लाभान्वीत हुनेछन् ।’

Batas

प्रतियोगितामा देशभरबाट आएका आवेदन मध्येबाट ३० जना छनोट हुनेछन् । प्रतियोगितामा महिला र पुरषलेसँगै सहभागिता जनाउन पाउनेछन् ।

विजेताले थाइल्याण्ड, बाली वा दुबई भ्रमणसँगै नगर पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले भ्रमण वर्ष २०२० लक्षित आन्तरीक भ्रमण प्याकेजको साथमा नगर पुरस्कार प्राप्त गर्नेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.