www.tandavnews.com
Fact ~ In search of truth

पोखरेली बगर भाईखलकलाई हेटौडा भेट्रान्स फुटबलको उपाधि, ईश्वर बने सर्बाेत्कृष्ट खेलाडी

पोखरा ।

हेटौँडा भेट्रान्सले आयोजना गरेको ‘पाँचौ हेटौडा भेट्रान्स एट ए साईड फोर्टी प्लस राष्ट्रिय प्रतियोगिता २०७६’ को उपाधि पोखराको बगर भाईखलकले जितेको छ ।

हिजो (शनिबार) सम्पन्न फाईनल खेलमा २–० गोल अन्तरले बानेश्वर भेट्रान्स काठमाण्डौलाई पराजित गर्दै पोखरेली बगर भाईखलकले उपाधि सुरक्षित गरेको हो ।

भाईखलकको जितका लागि पहिलो हाफमा राजकुमार तामाङले एक गोल गरे भने दोस्रो गोल खलकका टिम कप्तान तथा पूर्व राष्ट्रिय खेलाडी ईश्वर गुरुङ (चन्द्र) ले फ्रि–किक मार्फत निर्णायक गोल गरे । उक्त खेलबाट म्यान अफ दि म्याचको रुपमा भाईखलकका (वर्डलिङ्कका पोखरा म्यानेजर) युशफ श्रेष्ठ घोषित बने ।

प्रतियोगिताको उपाधिसँगै भाईखलकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख १ हजार प्राप्त गर्याे । त्यस्तै उपाबिजेता बनेको बानेश्वरले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५५ हजारमा चित्त बुझायो ।

प्रतियोगिताबाट सर्बाेत्कष्ट खेलाडीको रुपमा भाईखलकका टिम कप्तान ईश्वर गुरुङ (चन्द्र) ट्रफी र नगद  १० हजारबाट पुरस्कृत भए । त्यस्तै उत्कृष्ट गोलरक्षकको रुपमा सोही क्लबकै लक्ष्मण गुरुङ, र उत्कृष्ट फरवार्डका रुपमा भाईखलककै राजकुमार तामाङ ट्रफी तथा जनही नगद रु ५ हजार सहित पुरस्कृत बने ।

देशभरबाट कुल १६ टिमको सहभािगता रहेको उक्त प्रतियोगिता गत २ गते देखी ५ गते सम्म हेटौडामा सञ्चालन भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.