www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा घरेलु हिंसा गत वर्ष भन्दा दोब्बर

बागलुङ ।

बागलुङ जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले हिजो(शनिबार) बागलुङमा सार्वजनिक गरेको तथ्यांकले जिल्लामा गत वर्षको तुलनामा दोब्बरले मानवअधिकार उल्लंघन तथा घरेलु हिंसालगायतका घटना वृद्धि हुँदै गएको जनाएको छ ।

सन् २०१९ को ११ महिने अवधिमा १०५ मानवअधिकार उल्लंघनका घटना घटेको इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले जानकारी दिए । गत वर्ष सन् २०१८ मा जम्मा ५७ घरेलु हिंसाका घटना घटेकामा यसवर्ष झण्डै दोब्बरले वृद्धि भएको हो ।

Batas

पीडितहरु न्यायको पहुँचमा हुनु र हिंसाविरुद्ध सचेतनामूलक अभियान सञ्चालन हुनुले घरेलु तथा मानवअधिकार उल्लंघनका घटना बाहिर आउन थालेको उनले जानकारी दिए ।

यस अवधिमा घरेलु हिंसाका ४६, यौन दुव्यर्वहार आठ, जबर्जस्ती करणी नौ, जबर्जस्ती करणी पाँच, नागरिक तथा राजनीतिक अधिकार ११, धम्की तथा कुटपिट राज्य पक्षबाट एक, बालअधिकार-शैक्षिक संस्थामा कुटपिट तीन, जातिय विभेद एक, बहुविवाह सात, महिला अधिकार-गोली प्रहार–घरेलु हतियार चार, मानव बेचबिखन तथा ओसारपसार एक, आत्महत्या दुरुत्साहन-शंकास्पद मृत्यु चार र सम्पत्ति क्षति पाँच गरी १०५ घटना घटेको प्रतिवेदनले जनाएको छ ।

इन्सेक बागलुङले मानवअधिकार वर्ष पुस्तक सन् २०२० का लागि संकलन गरेको घटनाको पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लंघनका घटना वृद्धि हुँदै गएकामा सरोकारवालाले चिन्ता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, नागरिक समाजका अध्यक्ष काजी गाउँले श्रेष्ठ, सुरक्षकर्मी र सञ्चारकर्मीले मानवअधिकारसम्बन्धी विषय गम्भीर भएको भन्दै यसप्रति सबै गम्भीर हुनुपर्ने धारण व्यक्त गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.