www.tandavnews.com
Fact ~ In search of truth

सृजनशील युवा क्लबद्धारा बाल आश्रमलाई सहयोग

पोखरा ।

पोखरा महानगरपालिका –२७ मा अवस्थित सृजनशील युबा क्लबले श्री कृष्ण प्रणामी वृन्दाबन धाम पोखरा –२७ लाई विभिन्न साम्राग्री हस्तान्तरण गरेको छ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएको यस क्लबले खाद्यान्न , केही थान पाठ्यसामग्री र केही थान खेलकुद सामाग्री हस्तान्तरण गरेको हो। क्लबले आश्रममा नै कार्यक्रम गरि सहयोग सामाग्री आश्रमका अध्यक्ष स्वामि बिष्णु वरिस्ठ महाराजलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष बेद प्रसाद बस्ताकोटि , क्लबका सल्लाहकार बिश्वराज आचार्य , पूर्व अध्यक्ष महेश अधिकारि , रोट्र्याक्ट क्लब अफ लेखनाथका उपाध्यक्ष गोपी तिबारीको उपस्तिथी रहेको थियो ।

कार्यक्रममा बोल्दै क्ल्बका अध्यक्ष निरोज लामिछानेले यो कार्यक्रमको सुरुवात मात्रै भएको र आगामी दिनमा कार्यक्रमलाई अझै शसक्त र प्रभावशाली गराउने भन्दै सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रम संचालन क्लबका सचिव यम क्षेत्रीले गरेका थिए भने संयोजन क्लबका उपाध्यक्ष रोशन लामिछानेले गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.