www.tandavnews.com
Fact ~ In search of truth

गुण्डागर्दीमा संलग्न नवलपुर देवचुलीका दुर्गा सहित दुईजना पक्राउ

काठमाडौँ । 

महानगरीय अपराध नियन्त्रण महाशाखाले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भन्ने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताल रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

उनका अनुसार उनीहरुले काठमाडौँ उपत्यकामा सर्बसाधारण मानिस तथा व्यापारीलाई फोनमार्फत धम्काइ रकम माग गर्ने र नदिएमा हातहतियार देखाइ ज्यान मार्ने तथा हातखुट्टा भाँचिदिने धम्की दिँदै आएका थिए । उनीहरु विरुद्ध उजुरीसमेत परेको जनाइएको छ ।

Batas

आइतबार पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.