www.tandavnews.com
Fact ~ In search of truth

१ करोड २० लाखकाे दोहोरी गीत प्रतिष्ठानको भवन

पोखरा
ताण्डव न्युज ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नवनिर्मित भवन निर्माणको हिसाब किताब सार्वजनिक गरेको छ । निवर्तमान अध्यक्ष तथा भवन निर्माण कार्यसमिति संयोजक बद्री पंगेनीले भवन निर्माणका लागि १ करोड २० लाख ३४ हजार ६ सय ९१ रुपैयाँ ५२ पैसा लागेको जानकारी दिए । शिलान्यास गरेको ७ महिनामा नै तयार भएको भवन गत मंसिर १ गते उद्घाटन गरिएको थियो ।

 

जसमध्ये ९८ लाख ६३ हजार १ सय ७९ रुपैयाँ ५२ पैसा नगद र २१ लाख ७१ हजार ५ सय १२ रुपैयाँ जिन्सी खर्च भएको छ । ‘यो भवन निर्माणको काम सम्पूर्ण लोक तथा दोहोरी गीत प्रतिष्ठानका व्यक्तित्व र शुभचिन्तकको सहयोगबाट सम्भव भएको छ’ उनले भने ।

पंगेनीका अनुसार भवन निर्माणको लागि देश तथा विदेशबाट सहयोग लिइएको थियो । नगद र जिन्सी गरी १ करोड ४८ लाख ४४ हजार ३ सय ९२ रुपैयाँ सहयोगको कबोल भएकामा १ करोड ३० लाख ६९ हजार ८ सय ४९ रुपैयाँ संकलन भएको प्रतिष्ठानले जनाएको छ ।

संकलित रकममध्ये १० लाख ३५ हजार १ सय ५७ रुपैयाँ ४८ पैसा प्रतिष्ठानको खातामा बचत छ । १७ लाख ७४ हजार ५ सय ४३ रुपैयाँ उठ्न बाँकी छ । निवर्तमान अध्यक्ष बद्री पंगेनीले संकलित र बाँकी रकम गरी २८ लाख ९ हजार ७ सय रुपैयाँ ४८ पैसाको हिसाब अध्यक्ष रमेश बिजी र र कोषाध्यक्ष राजु ढकाललाई जिम्मा लगाए ।

भवन निर्माणको लागि २ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने सहयोगदाताको तस्वीर कार्यालयको बैठककक्षमा राखिनेछ । प्रतिष्ठानको कोरिया शाखाले १० लाख सहयोग गरेकाले भवनको एउटा कोठा कोरिया शाखाका रुपमा स्थापित गर्दैछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.