www.tandavnews.com
Fact ~ In search of truth

‘आँखैमा झलझली’ मस्त मर्दी (१३ तस्बिर)

सुशान्त गाहा मगर,

ताण्डव न्यूज/पोखरा ।

पोखराको पर्याय ‘पर्यटन’ हो । यस क्षेत्रको रुपरंङ पर्यटनसँग जोडिदैँ आएको छ । समग्र गण्डकी प्रदेश नै पर्यटकिय गन्तव्यले भरिएको छ । ‘कल्चर, नेचर र एडभेन्चर’ पर्यटनका मेरुदण्ड हुन् । यिनका कारण पोखरा लगायत आसपासका स्थलहरु मुख्य गन्तव्य बन्नबाट अछुतो छैन । पोखरा ओर्लने आन्तरिक तथा बाह्य पर्यटकहरु मध्ये केही पर्यटक बन्जिजम्प, प्याराग्लाइडिङ, र्याफ्टिङ , कायकिङ, क्यानोनिङ, जिप फ्लाईङ तथा ट्रेकिङ जस्ता शाहसिक गतिविधिका लागि समय छुट्याउँदछन् ।

Batas

मुख्यतः हिमाललाई नजिकबाट नियाल्न र पैदलयात्रा गर्न मन पराउने पर्यटकहरुका लागि अन्नपूर्ण पदमार्ग र बिरेठाँटी– पुनहील पदमार्ग बिगतदेखि नै सञ्चालनमा छन् । यी लगायतका पदमार्गमा पुगेकाहरुको अर्काे गन्तव्य र नयाँ ट्रेकको रुपमा मर्दी पदमार्गलाई लिने गरिन्छ । पछिल्लो समय लोकप्रिय बन्दै आएको यस पदमार्गमा यतिबेला पर्यटकीय गतिविधि मौलाएको छ, आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८-९ मा पर्ने मर्दी हिमालको भ्यूप्वाईन्ट पुग्न हेम्जा, घलेल, कालीमाटी, सिदिङ, लो क्याम्प, हाईक्याम्प हुदै जान सकिन्छ । छोटो र शाहसिक मानिने यो ट्रेक जानका लागि करिब ३ देखी ६ दिन सम्म लाग्ने गर्दछ ।

मर्दी पदमार्गमा जादा माछापुच्छ्रे हिमश्रृङ्खला, धवलागिरी तथा मर्दी हिमाल आँखैमा झलझली देख्न सकिने यी तस्बिरहरु ताण्डवकर्मी सुशान्त गाहा मगरको  लेन्सबाट हेरौं –

 

 

 

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.