www.tandavnews.com
Fact ~ In search of truth

पीपीएल:धनगढीको सानदार जीत, साविक बिजेता पोखरा पल्टन बाहिरीयो

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि ट्वन्टी क्रिकेटबाट साविक विजेता पोखरा पल्टन बाहिरिएको छ ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज (सोमबार) भएको खेलमा एक्स्पर्ट धनगढी ब्लुजसँग ५ विकेटले पराजित हुँदै पोखरा पल्टन प्रतियोगिताबाट बाहिरिएको हो । ५ खेल खेल्दै २ अंक मात्र जोडेको पोखरा पल्टनले घरेलु मैदानमा चल्न नसकेपछि प्रतियोगिताबाटै बाहिरिन पुग्यो ।

Batas

टस जितेर ब्याटिङ थालेको पोखरा पल्टनले दिएको ८० रनको झिनो लक्ष्य धनगढीले ९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । धनगढीका जितमा दिपक पुनियाले २५ रनको पारी खेले । त्यस्तै रोड्रिगो थोमसले १५ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १३ रनको योगदान दिए । पोखराका लागि प्रथामेश डाके र सराबजित लड्दाले समान २-२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पोखराले १६ ओभर ३ बलमा अलआउट हुँदै ७९ रन को योगफल तयार पारेको थियो । पोखराका लागि आसिफ शेखले सर्वाधिक ३२ रन जोडे । त्यस्तै विनोद भण्डारीले १२ रन बनाए ।

धनगढीका लागि अनिल खरेलले ३ विकेट लिए भने दिपक पुनिया,कमल सिंह ऐरी र सागर ढकालले समान २-२ विकेट झारे । धनगढीले ५ खेलमा ४ अंक जोड्दै पाँचौं स्थानको धनगढीको प्ले अफ सम्भावना कायम रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.