www.tandavnews.com
Fact ~ In search of truth

उज्यालो बागलुङ, समृद्ध बागलुङ’को बहस

बागलुङ।

उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक आर्थिक बहस हुने भएको छ । यही पुस १० गते बागलुङ महोत्सवको अवसरमा आयोजना हुने सो बहसमा नीति निर्माता तथा उद्योग व्यवसायी सहभागी हुनेछन् ।

जिल्लामा लगानीका सम्भावना औँल्याउन आर्थिक बहसको आयोजना गरिएको आयोजक बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ । बहसमा नेपाल उद्योण वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उद्योगपति मीनबहादुर गुरुङले मुख्य वक्ताका रुपमा भाग लिने संघका महासचिव नरेश कँडेलले जानकारी दिए ।

Batas

छलफलमा जिल्लाका व्यवसायी र जनप्रतिनिधिसमेतको सहभागिता रहनेछ । ‘बागलुङको सम्भावना पहिचान गर्ने र लगानी भित्र्याउने उद्देश्यले आर्थिक बहसको आयोजना गरिएको हो, संघका अध्यक्ष युवराज राजभण्डारीले भने ।

बागलुङको आर्थिक बजारलाई चलायमान बनाउन, व्यापारको दायरा फराकिलो पार्न, राष्ट्रिय पूँजीमार्फत लगानी प्रर्वद्धन गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्नमा बहस कार्यक्रमले सघाउने विश्वास लिइएको छ ।

लगानी बहसलाई प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । बहसको सहजीकरण प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शरेचनले गर्ने भएका छन् ।

सदरमुकामस्थित बिएसआर मुभीको हलमा हुने बहस कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । शुक्रबारदेखि शुरु हुने छैँटौँ बागलुङ महोत्सवको तयारी पनि अन्तिम चरणमा पुगेको संघले जनाएको छ । व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा केन्द्रित महोत्सव यही पुस २० गतेसम्म चल्नेछ ।

प्याराग्लाइडिङ, हेलिकोप्टर शयर, पुरुष तथा महिला भलिबल, लोकदोहोरी, भजन, ताराखेललगायतका प्रतियोगिता महोत्सवका आकर्षण हुन् । नेपाल भ्रमण वर्षको शुभारम्भ समेत महोत्सव स्थलबाटै गरिने आयोजकले जनाएको छ ।

‘भ्रमण वर्षको शुभारम्भ समारोहसहित जनवरी १ मा जिल्ला भित्रने पर्यटकलाई नाकाहरुमा स्वागत गर्ने कार्यक्रम छ’, संघका महासचिव नरेश कँडेलले भने । महोत्सवमा कृषि, जडीबुटी, हस्तकलालगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष राखिने भएको छ ।

बागलुङको पहिचान झल्कने कला, संस्कृति र फोटोको प्रदर्शनीसमेत आयोजना गरिएको छ । परम्परागत सांस्कृतिक झाँकी पनि महोत्सवको आकर्षणको रुपमा रहनेछन् । महोत्सवस्थलमा दुई सयभन्दा बढी व्यापारिक ‘स्टल’ रहने जनाइएको छ । महोत्सव सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालन हुनेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.