www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस नेता थापा भन्छन्ः’नेपाली भूमि रक्षाका लागि हाम्रो पुस्ताले संघर्ष गर्छ’

काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी संघ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताए। ‘सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ’, नेता थापाले भने, ‘हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि संघर्ष गर्छ ।’

नेपाललाई सिंगापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न नसक्ने थापाले ठोकुवा गरे । ‘नायक महानायकले देश बनाउन सक्दैनन्, लोकतन्त्रको बाटोेबाट मात्र नेपाल समृद्ध बन्न सक्छ’, थापाले भनृ ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँ सभापति वैकुण्ठ न्यौपानेले युवा अध्ययनशील बनेर नेतृत्व विकासतर्फ अगाडि बढ्नुपर्ने बताए । संघका एकाइ सभापति सुदर्शन पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष चूडामणि खनाल, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमिल्सिना लगायतले विद्यार्थीको हकहितको लागि नेपाल विद्यार्थी संघ सधैँ क्रियाशील रहने बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.