www.tandavnews.com
Fact ~ In search of truth

एनएमवि बैंकद्धारा विमा रकम भुक्तानी

पोखरा ।

एनएमवि बैंकले गोरखा जिल्ला भिमसेन गाँउ–पालिका, वडा नं. ३ तान्द्राङ निवासी गंगादेवी सापकोटालाई जिवन विमा वापतको रकम फिर्ता गरेको छ ।

सापकोटाको छोराको जिवन विमा वापतको क्षतिपूर्ति विमा रकम सात लाख रुपैया मात्र) हस्तान्तरण गरेको छ । बैंकका कार्यकारी अधिकृत सुनिल के.सी तथा प्रमुख ब्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख, गणेश पराजुलीको उपस्थितीमा गोरखा स्थित बैंकका जेष्ठ संस्थापक सदस्य धिरज वहादुर मास्केले उक्त रकम बरावरको चेक हस्तान्तरण गरेका थिए ।

उनका छोरा भुवन सापकोटाको २०७६, श्रावण २६ गते आरुघाट गाउपालिका, आरुआर्वाङको वायाक टोलमा विजुलीको तार टाग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो । उनले आरुघाट स्थित एनएमवि बैंकवाट वचत कारोवार गदैं आएका थिए ।

हाल एनएमबी बैंकको देशैभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.