www.tandavnews.com
Fact ~ In search of truth

एकै दिन १ सय २२ चिनियाँ नागरिक नेपाल प्रहरीको फन्दामा

काठमाडौं ।

नेपाल प्रहरीले  चिनियाँ अपराधि गिरोह विरुद्ध अहिलेसम्मकै ठुलो अपरेशन चलाएको छ ।

अपरेशनको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौँले बालाजु आसपासका क्षेत्रबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

Batas

परिसरले केन्द्रीय अनुसन्धान ब्यूरोसँगको समन्वयमा गरेको विशेष सर्च अपरेशनका क्रममा अवैध गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरेको हो ।एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलोपटक भएको महानगरीय परिसरले जनाएको छ ।

उनीहरु ‘एटिएम ह्याकिङ’ लगायतका आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।उनीहरुमध्ये कतिपयसँग भिसा समेत नभएको भेटिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री बरामद महानगरीय प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले काठमाडौंको मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ ।प्रहरीका अनुसार चिनियाँहरुले नेपालमा बसेर अन्य देशविरुद्ध समेत ह्याकिङ गर्ने गरेको भेटिएको छ ।

प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.