www.tandavnews.com
Fact ~ In search of truth

एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा

काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ ।

नयाँ वरियतामा नेपालले १९ रेटिङ अंक पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ स्थानमा पुगेको थियो । हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेको छ । युएई १९ तथा पपुवा न्युगिनी २० औँ स्थानमा छन् ।

Batas

नयाँ वरियतामा इङल्यान्ड शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । त्यसैगरी न्युजिल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ । यता टी–ट्वान्टी वरियतामा भने नेपाल १२औँ स्थानमा छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.