www.tandavnews.com
Fact ~ In search of truth

‘चितवन राईनोज’ पीपीएलको उपाधि नजिक

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमो चितवन राइनोज उपाधि नजिक पुगेको छ ।

पोखरा रंगशालामा आज (मंगलबार) भएको खेलमा काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन फानईनलमा प्रवेश गरेको हो ।पारस खड्काको कप्तानीमा रहेको चितवनले दिएको लागि १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।

Batas

कप्तान ज्ञानेन्द्रले ४० रन बनाएपनि काठमाडौंलाई जित दिलाउन सकेनन् । यस्तै पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन बनाए । चितवनका सन्नी पटेल र रोहन मुस्तफाले २-२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।चितवनका लागि बाबर हायत र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले । बाबरले ७० तथा रोहनले अविजित ५९ रन बनाए ।

यस्तै आरिफ शेख र सन्नी पटेलले १५ र १५ रन बनाए । काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले १-१ विकेट लिए ।जितसंगै चितवन पाँच खेलमा पराजित रहदै फाइनल पुगेको हो । चितवनले ५ खेलमा १० अंक जोड्न सफल भयो ।

तेस्रो स्थानको काठमाडौंले ५ खेलमा ४ अंक जोडेको छ । काठमाडौंको पनि प्ले अफ सम्भावना कायम रहेको छ । काठमाडौंको प्ले अफ यात्रा बुधबार हुने विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्स बीचको खेलले तय गर्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.