www.tandavnews.com
Fact ~ In search of truth

‘नदीपुर एमेचुअर फुटसल कप’ १० र ११ गते

सुशान्त गाहा मगर,

ताण्डव न्यूज/पोखरा ।

पोखरामा नदीपुर युनाईटेड क्लबले दास्र्रो संस्करणको ‘एमेचुअर फुटसल प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ ।

आगामी (पुष) १० र ११ गते पोखराको गणेशटोल स्थित ‘विफिट फुटसल स्पोर्टस’ मा उदीयमान खेलाडीहरुलाई लक्षित गरी प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

दुई दिन चल्ने उक्त प्रतियोगिता बारे आज (मंगलबार) पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।सो प्रतियोगितको तयारी तिव्र पारिएको पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता संयोजक रविन मानन्धरले जानकारी दिए । उनले उक्त प्रतियोगिताको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार रुपैयाँ प्रदान गरिने बताए ।

मानन्धरका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० हजार प्राप्त गर्नेछ । त्यस्तै उनले प्रतियोगिताबाट सर्बाेत्कृष्ट हुने खेलाडी र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कार व्यवस्था गरिएको बताए ।

सो प्रतियोगितामा कुनै पनि प्रोफेश्नल खेलाडी खेल्न नपाउने आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.