www.tandavnews.com
Fact ~ In search of truth

सांस्कृतिक झाँकी प्रदर्शन गर्दै भ्रमण वर्ष शुभारम्भ हुने

पाेखरा । 

गण्डकी प्रदेश सरकार र पर्यटन व्यवसायीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आन्तरिक गृहकार्यलाई तीव्रता दिएका छन् । पर्यटकीय नगरी पोखरामा आन्तरिक एवं बाह्य पर्यटकलाई अझ आकर्षित गर्न यही पुस १६ गते विशेष कार्यक्रम आयोजना हुँदै छ ।

नेपाल भ्रमण वर्षलाई औपचारिकरूपमा स्वागत गर्न गण्डकी प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा १५ उपसमिति गठन गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय शहर भएकाले पनि भ्रमण वर्षको सन्देशलाई देश–विदेशसम्म पु¥याउन औपचारिक कार्यक्रमलाई भव्य बनाउने तयारी भएको मन्त्री लम्सालले जानकारी दिँदै भने “गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ पनि समाप्त हुँदैछ । हामीले समीक्षा गर्नेछौँ, नेपाल भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारको विशेष पहल हुनेछ ।”

Batas

उनले गण्डकीको संस्कृति, प्रकृति र साहसिक खेललाई अन्तरराष्ट्रिय जगत्मा पु¥याउन प्रचार–प्रसार साथै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको उल्लेख गरे ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमखु काशीराज भण्डारीले सरकारको योजनालाई सफल बनाउन र गण्डकी प्रदेशको पर्यटनलाई अझै उचाइमा पु¥याउन भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रमले पनि महत्व राख्ने बताए । हरेक वर्ष यहाँ आयोजना हुने सडक महोत्सवबाट भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पुगेको उनले विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रबाट काम भएको जानकारी दिए। उनले भने “हामीले गुणस्तरीय सेवामा जोड दिँदै पर्यटनमैत्री वातावरण सिर्जना गरेर सकारात्मक सन्देश प्रवाहमा जोड दिनेछौँ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतमा हुने सो कार्यक्रममा गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट सांस्कृतिक झाँकी प्रर्दशन गरिने कार्यक्रमका सहसंयोजक अग्नि कँडेलले जानकारी दिए । उनले भने , “नेपाल सरकारले जनवरी १ मा सातै प्रदेशमा भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रम गर्दैछ । हामीले पनि यसलाई अझ भव्य र व्यवस्थित बनाउन १५ उपसमिति बनाएर आन्तरिक तयारीलाइ तीव्र पारेका छौँ ।”

औपचारिक कार्यक्रममा ११ जिल्लाको सांस्कृतिक झाँकी, कृषि उपज प्रदर्शनी, हस्तकलालगायतको प्रर्दशनी र विभिन्न सङ्घसंस्था, विद्यार्थी, उद्योगी, व्यापारीसहितको ¥याली निकालिने आयोजकले जनाएका छन् । सोही अवसरमा पोखरा फेवा किनारमा रहेको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने प्रयास हुने छ ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.