www.tandavnews.com
Fact ~ In search of truth

मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ परे ‘सुवास श्रेष्ठ’

काठमाडौँ ।

नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिका–११ सिप्रदी कार्यालय नजिकै सडकखण्डमा मोटरसाइकल चोरी गर्दागर्दै मकवानपुर थाहा नगरपालिका–११ का सुवास श्रेष्ठलाई आज पक्राउ गरेको हो ।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक खेमराज रावतले बा१०प ३१६८ नम्बरको स्पेण्डर मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरीवृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । (रासस)
–––

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.