www.tandavnews.com
Fact ~ In search of truth

खिलाङ गाउँको पर्यटन प्रचार गर्न म्युजिक भिडियो

पोखरा ।

कास्कीको मादी गाउँपालिका वडा नं. १ मा पर्ने खिलाङ गाउँको प्रचार प्रसार गर्ने उद्देश्यले निर्माण गरिएको म्युजिक भिडियो आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले उक्त म्युजिक भिडियोको विमोचन गर्दै स्थानिय गाउँहरुलाई यसप्रकारको म्युजिक भिडियोले राष्ट्रिय र अन्तर्राष्टिय रुपमा चिनाउन धेरै मद्दत पुग्ने बताए ।

Batas

सबैको कुराको आ–आफ्नै नियम, परिधि र समय हुने भएकोले छोटो म्युजिक भिडियोमा गाउँको सबै टोल बस्ती अनि सबैको अनुहार खोज्न नहुने भन्दै स्थानियको नजरबाट माथि उठेर सबैले हेर्ने, रुचाउने र बिक्रि हुने वस्तुलाई ध्यान दिनुपर्ने बताए।

समग्रमा म्युजिक भिडियो एकदमै सशक्त बनेको भन्दै गीतको शब्द संगीतदेखि भिजुअलसम्मको सबै पक्ष राम्रो रहेको बताए । साथै उनले सबै खिलाङबासीलाई गाउँको प्रचारमा जुटेको आभार व्यक्त गरे ।

आफूहरु अहिले गाउँपालिकाभित्रको मुख्य सडकहरु कसरी कालोपत्रे गर्ने भन्ने कुरामा मात्रै ध्यान केन्द्रित भएर काम गरिरहेको भन्दै गाउँको विकास निर्माणको काममा सबैले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा मादी गाउँपालिका वडा नं १ का वडा सदस्य एवम् खिलाङ गाउँका युवा समाजसेवी टिकाराम गुरुङले अब समाजहरुमा गरिने कार्यक्रमहरुमा धेरै मनोरञ्जन भन्दा बौद्धिक काम कुराहरुमा बढी केन्द्रित गर्नुपर्ने बताए ।

साथै उनले आफुहरु स्थानिय तहमा निर्वाचित भएर आएपछि विकास निर्माणको काम के कति भएको छ भन्ने कुराको जनताले सही मुल्याङकन गर्न जरुरी रहेको बताए।यस्तै म्युजिक भिडियोका निर्देशक नौजंग गुरुङले आफुहरुले गीतमा गाउँको रीतिथीतिहरु सक्दो समेटने प्रयास गरेको भन्दै केही कमीकमजोरी भएमा आगामी दिनमा सुधार गर्दै लैजाने बताए ।

हिमाल झलल मादी सलल बोलको उक्त गीतमा शब्द संगीत कृष्णकुमार गुरुङको रहेको छ भने रजनी रिदम राईको आवाज रहेको छ । गीतमा सृजना गुरुङको अभियन तथा गोरे गुरुङले नृत्य निर्देशकको भूमिका निर्वाह गर्नुभएको छ यस्तै निर्देशक नौजंग गुरुङ, छायाँङकन, सम्पादन तथा ड्रोन सन्तोष कोन्मे तमूको रहेको छ ।

यस्तै सह–छायाँङकनमा टेकमान गुरुङ र श्रृङगारमा रेनु गुरुङ रहेका छन् । कार्यक्रममा खिलाङ आमा समुहको तर्फबाट सामुहिक थिएटर नृत्य समेत प्रस्तुत गरिएको थियो ।खिलाङ तमू समाज पोखराका अध्यक्ष क्या।गणेश गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव पूर्णबहादुर गुरुङ र सिन्कुह्रो चेलीबेटी समुहकी संयोजक कौशिला गुरुङले सञ्चालन गरेका थिए।

कार्यक्रममा कलाकार प्राविधिकहरुलाई समाजको तर्फबाट सम्मान गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.