www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

१४औँ सागको तयारीमा ‘खेलकूद परिषद्

hima aus

पोखरा ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाललाई दक्षिण एशियाली राष्ट्रमा खेलकूदको ‘पावरहाउस’ का रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीद्वारा आयोजित ‘१३औँ हिसान कास्की स्पोर्टस मिट–२०७६’ मा उनले मुलुक अहिले १४औँ सागको तयारीमा जुटिरहेको जानकारी दिए ।

Batas

हिसानका केन्द्रीय अध्यक्षसमेत रहेका सदस्यसचिव सिलवालले अब खेलाडीलाई नियमित प्रशिक्षण गर्दै उनीहरुको सम्मान र आत्मबल बढाउनेतर्फ परिषद्ले ध्यान दिने बताए ।अब खेलकूदमार्फत नेपाल दक्षिण एशियाली राष्ट्रमा मात्रै नभई एशिया हुँदै ओलम्पिकमा समेत परिचित गराउने बताउँदै उनले पूर्वाधार विकाससँगै खेलकूदले गति लिने विश्वास व्यक्त गरे ।

classic tech

पोखरालाई गण्डकी प्रदेशकै खेलकूद ‘हब’का रूपमा विकास गर्न परिषद्ले आफ्नो तयारी थालेको बताउँदै सदस्यसचिव सिलवालले तीन महिनाभित्र पोखराको मुहार नै फेर्नेगरी २० हजार क्षमताको फुटबल रङ्गशाला तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तेह्रौँ सागलाई भव्यरूपमा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राखेप सदस्यसचिव सिलवाललाई हिसान कास्कीले सम्मानपत्र र दोसल्लाले सम्मान गरेको थियो ।हिसान स्पोर्टस मिटअन्तर्गत छात्रा भलिबल, छात्र–छात्रा टेबुलटेनिस र छात्रतर्फ बास्केटबल प्रतियोगिता शुरु भएको कार्यक्रम संयोजक बाबुराम पन्तले जानकारी दिए ।

विसं २०६४ देखि हरेक वर्ष कास्कीमा सञ्चालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ मा मावि तह छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबल मावि तह छात्रतर्फ ३३ टिम, छात्रातर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ छ टिमको सहभागिता रहेको छ ।

त्यसैगरी छात्र टेनिस मावि सिङ्गल्समा ७२, छात्रा सिङ्गल्समा ३८, छात्र डबल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमको सहभागिता रहेको छ । संस्थामा आबद्ध ६८ विद्यालयमध्ये ५३ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...