www.tandavnews.com
Fact ~ In search of truth

सडक महोत्सव’ को तयारी अन्तिम चरणमा

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

अंग्रेजी नयां वर्षको अवसरमा पोखरामा आयोजना गरिने २१ औं संस्करणको सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियस अफ नेपाल (रेवान ) ले पोखराको लेकसाईड क्षेत्रमा ‘सडकमै खाऔ, सडकमै रमाऔ’ भन्ने नारा सहित आयोजना गर्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगको आज (बिहिबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

आगामी १२ गते देखी १६ गते सम्म महोत्सव सञ्चालन हुने रेवानका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए ।उनले महोत्सवमा भारतिय तथा पाकिस्तानका साँस्कृतिक समुह, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रमहरु, अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी लगायत आकर्षणका रुपमा रहने बताए ।

त्यस्तै महोत्सवमा बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट, सविन राई, कर्म व्याण्ड, अभए एण्ड स्टिम इन्जस, आशिष राना लाहुरे, माउण्ट ८८४८ को प्रस्तुती रहने बताए ।

उनका अनुसार लोकदोहोरी तर्फ राष्ट्रिय कलाकारहरुवाट लोक दोहोरी प्रस्तुति पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, कृष्ण गुरुङ्ग, वद्री पंगेनी, प्रीति आले, राजन गुरुङ्ग, टिका सानु, सरला पाण्डे, राजु परियार, कमला घिमिरे, पशुपती शर्मा, संझना भण्डारी, कुमार पुन, पार्वति जिसि, हास्य कलाकारहारु पोख्ररेली माग्ने वुढा, दिवाकर भण्डारीको समुह, मनोज गजुरेल र पुर्खे बा लगायतका कलाकारको प्रस्तुत रहनेछ ।

महोत्सव अवधीभर होटल तथा रेष्टुरेण्टहरुले निर्धारित मुल्य सुचीमा व्यापार गर्नुपर्ने सहसंयोजक नरेश भट्टराईले बताए । उनले अप्रायोजित तवरले मुल्यमा बृद्धि गरेको पाईएमा तत्काल कारवाही गर्ने बताउँदै सोही अनुरुप व्यवसायीहरुलाई सुचित गर्ने जानकारी दिए । उनले लेकसाईडको सडक पेटीमा सोही क्षेत्रकै रेष्टुरेण्ट व्यवसायी बाहेकले स्टल राख्न गर्न नपाउने समेत बताए ।

पाँच दिन सम्म सञ्चालन हुने उक्त महोत्सवलाई प्रत्यक्ष रुपमा करिव ५ लाख दर्शकले अवलोनक गर्ने आयोजकले अपेक्षा लिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.