www.tandavnews.com
Fact ~ In search of truth

मैत्रीपूर्ण खेलमा खेलकुद पत्रकार मञ्च गण्डकी ९ विकेटले विजयी

पोखरा,
ताण्डव न्यूज  ।

पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलको पूर्वदिनमा भएको मैत्रिपूर्ण क्रिकेटमा खेलकुद पत्रकार मञ्च गण्डकीले खेलकुद पत्रकार मञ्च, काठमाण्डौलाई पराजित गरेको छ ।

पोखरा रंगशालामा आज (बिहिबार) भएको खेलमा गण्डकीले ९ विकेटले काठमाण्डौलाई पराजित गरेको हो ।टस जितेर व्याटिङ्ग थालेको काठमाण्ठौले निर्धारित ६ ओभरमा ७ विकेट गुमाउदै २७ रनको योगफल तयार पारेको थियो । गण्डकीले चौथो ओभरमै १ विकेटको क्षतिमा २८  रनको लक्ष्य पुरा गर्याे ।

Batas

गण्डकीको जितका लागि टिम क्याप्टेन विनोद लामिछानेले १ चौका सहित अविजित ११ रन बनाए । सुरज श्रेष्ठले २ रन जोडे भने अविजित रहेका एबीसी तथा ताण्डवकर्मी सुसान्त गाहा मगरले २ चौका प्रहारसँगै ९ रनको योगदान दिदै टिमलाई बिजयी बनाए । गण्डकीका लागि बलिङ्गतर्फ मन क्षेत्रीले ३ र लोकेन ढकालले २ विकेट लिएका थिए ।

पोखरा प्रिमियर लिग (पीपीएल)को फाइनल खेल भोली (शनिबार) चितवन राईनोज र विराटनगर टाईटन्स विच हुने आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.