www.tandavnews.com
Fact ~ In search of truth

पोखराको हिमागृह रिसोर्ट खोल्न लिजमा दिने तयारी

पोखरा ।

भ्रमण वर्षका बेला पर्यटकलाई लक्षित गर्दै हिमागृह खुला गर्ने प्रदेश सरकारको तयारीसँगै हिमागृहलाई रिसोर्ट चलाउन भाडा दिने तयारी भएको छ ।

नेपाल ट्रस्टले पोखराको हिमागृह र चितवनको दियालो बंगलालाई रिसोर्ट चलाउन भाडामा दिने तयारी गरेको जनाइएको छ ।

Batas

गोकर्ण रिसोर्टको लिज सम्झौताबारे विवाद भइरहेको बेला शुक्रबार पत्रकार सम्मेलन गर्दै ट्रष्टले भाडामा हिमागृह लगायतका ठाउँलाई पनि रिसोर्ट चलाउन भाडामा दिने निर्णय गरेको जानकारी दिएको हो।

ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुरले दियालो बंगला, हिमागृह, फर्पिङ सहितका ठाउँमा रिसोर्टका लागि भाडामा दिन लागिएको बताएका छन्। ट्रष्टको अनुसार कमलादीको २ रोपनी ४ आना, पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवास अगाडिको एक रोपनी ७ आना, लाजिम्पाटको ६ रोपनी जग्गा पनि लिजमा दिन लागिएको हो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.