www.tandavnews.com
Fact ~ In search of truth

पीपीएलको फाईनल शनिबार, ‘कम गल्ती गर्नेले जित्छ उपाधि’

सुशान्त गाहा मगर,

पोखरा/ताण्डव न्यूज ।

विराटनगर टाइटन्सका कप्तान प्रदीप ऐरीले पीपीएलको उपाधिका लागि फाईनल खेलमा कम गल्ती गर्नुपर्ने बताएका छन् ।

पोखरा रंगशालामा आज (शुक्रबार) आयोजित प्रि म्याच कन्फेरेन्समा बोल्दै ऐरीले यस्तो अभिव्यक्ति दिएका हुन् ।उनले फाईनलिस्ट चितवन राईनोजलाई हराउन उत्तिकै चुनौती रहेको बताउँदै फाईनल खेलमा कम गल्ती गर्ने गरी टिमलाई प्रस्तुत गर्ने बताए ।

उनले गत खेलहरु राम्रो गरेको बताउँदै ऐरीले फाईलन खेलमा पनि त्यही रिदम कायम राख्ने उल्लेख गरे । ‘उनीहरु पनि राम्रै खेल्दै आउनुभएको छ, हामी पनि राम्रै खेल्दै आएका छौ, उनले भने, ‘त्यही मोमेन्टलाई क्यारी गर्न चाहान्छौ ।’

उनले फाईलनमा चितवन राईनोजलाई हराउदै पीपीएलको उपाधि जित्नको लागि अन ग्राउण्ड सोही अनुरुपको रणनीति तयार गरी मैदानमा उत्रिने समेत बताए । उनले राईनोजको कमजोर पक्षमाथि प्रहार गर्दै जित हासिल गर्ने लक्ष्य रहेको उनको धारणा थियो ।

त्यस्तै साबिक फाईनलिस्ट टिम चितवन राईनोजका कप्तान पारस खड्काले विराटनगरलाई जित्न सहज नभएको बताए । उनले राउण्ड रोविनको खेलहरु उत्कृष्ट खेल्दै आएको बताउदै जित्न सहज नभएको तर्क दिए । उनले विराटनगरमा विदेशी जस्तै नेपाली खेलाडीहरु अब्बल रहेकोले उपाधिका लागि केही बढि कसरत गर्नुपर्ने बताए ।

कप्तान खड्काले गत वर्षको फाईनलमा गरेको गल्तीलाई सुधार्दै फाईनलमा टिमलाई प्रस्तुत गर्ने उल्लेख गरे । उनले फरक प्रसंगमा पोखरा क्षेत्रमा पीपीएलले मात्र क्रिकेटको विकास नहुने बताए । उनले क्रिकेटको विकासका लागि पीपीएल जस्तै अन्य प्रतियोगिताहरु समेत निरन्तर हुन आवश्यक रहेको औल्याए । उनले पोखरा रंगशालाको जस्तो माटो अन्य ठाउँमा नदेखेको बताउदै पूर्वाधारको निर्माण अतिआवश्यक रहेको टिप्पणी गरेका थिए ।

क्विन्स ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राईनोज र विराटनगर टाईटन्स विचको फाईनल खेल शनिबार बिहान साढे ११ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगितको बिजेता टिमले रनिङ शिल्ड सहित नगद  २७ लाख प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद १० लाखमा चित्त बुझाउने छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.