www.tandavnews.com
Fact ~ In search of truth

समाजवादी क्रान्तिको लक्ष्य समाजवाद हो – पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताएका छन् ।

विश्व ट्रेड युनियन महासंघले यहाँ आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक विचार गोष्ठी पुस्तक लोकार्पण, बधाई तथा सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद भएमा मात्र समाज समाजवादतर्फ जाने बताए ।

Batas

‘अहिले नेपाली समाज स्वतन्त्र पूँजीवादी समाज भएकाले पूँजीवाद समाजको रूपान्तरण गर्ने काम समाजवादी क्रान्तिले नै हो’, पूर्वमन्त्री खनालले भने ।

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले राष्ट्रिय पूँजीको विकासको चरणबाटै समाजवादतर्फ जान सकिने बताए । ‘राष्ट्रिय पूँजीको विकास भनेको यस्तो पूँजी हो जसले रोजगारी सिर्जना गर्छ’, मन्त्री भुसालले भने ।

माक्सवादी चिन्तक गोपीरमण उपाध्यायले श्रमको मालिक श्रमिक आफैँ हुनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट (नेकपा) का केन्द्रीय सदस्य प्रेमकुमार खनालको ‘अबको श्रम आन्दोलन र श्रम क्रान्ति’ नामक पुस्तक लोकार्पण भएको थियो । उक्त पुस्तक आठ खण्डमा विभाजित रहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.