www.tandavnews.com
Fact ~ In search of truth

भ्रमण वर्ष लक्षित त्रिभुवन विमानस्थको क्षमतामा बृद्धि : पर्यटन मन्त्री भट्टराई

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लक्षित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमतामा बृद्धि गरिएको बताएका छन् ।

नेपाल पत्रकार महासघ कास्कीले पोखरामा आज (शनिबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २४ सैं घण्टा खुल्ने गरि पूर्वाधार तथा क्षमता बृद्धि गरेको बताएका हुन् । उनले हवाईमार्ग मार्फत अधिकांश बाह्य पर्यटक भित्रिने भएकाले सरकारको २० लाख पर्यटक भित्राउनमा टेवा पुग्ने दृष्टिकोणले विमानस्थल सदाबहार खुला गर्ने बताए ।

Batas

उनले हाल २१ घण्टा खुल्लै रहेको बताउदै पछिल्लो समय पूर्वाधारको तवरमा समेत पूर्ण रहेकोले २४ सै घण्टा खुल्न सक्ने दाबी गरे ।

मन्त्री भट्टराईले सन् २०१८ मा भन्दा २०१९ मा पर्यटकको संख्यामा कमी भएको बताउदै सन् २०२० मा बृद्धि हुनेमा विश्वास व्यक्त गरे । उनले आगामी जनवरी १ मा औपचारिक रुपबाटै भ्रमण वर्षको विधिवत शुभारम्भ गर्ने कार्यक्रम रहेको बताउदै विशेषगरी भारत र चीनले विशेष सहयोग गर्न तत्पर रहेको बताए ।

मन्त्री भट्टराईले भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा चीन, भारत युएई तथा अफ्रिकन मुलुकका पर्यटनमन्त्रीहरुको उल्लेख्य सहभागिता रहने जानकारी दिए ।

उनले भ्रमण वर्षको प्रचारात्मक विदेशको करिब २० अग्ला टावरहरुमा नेपालको भण्डा र नेपाल पर्यटन बोर्डको लोगो राख्ने कार्यक्रम रहेको समेत उल्लेख गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.