
पोखरा
ताण्डव न्यूज ।
नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गरिने बताए । उनले स्थानिय जनतालाई मारमा नपार्ने गरी अधिग्रहण गरिने स्पष्ट पार्दै प्रचलित मुआब्जा दिईने दाबी गरे ।

नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आज शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले विमानस्थलको गाईड पार्क, एप्रोच पार्क, माइक्रोलोजिकल स्टेशनको लागि जग्गा आवश्यक पर्ने भएकाले जग्गा अधिग्रहण गर्न लागिएको उनको धारणा थियो ।

उनका अनुसार अधिग्रहण गर्न लागिएको उक्त १ सय ४ रोपनी जग्गा भित्र एक दर्जन घर रहेका छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।