www.tandavnews.com
Fact ~ In search of truth

‘लान’ कास्कीकाे अध्यक्षमा श्रेष्ठ

पाेखरा ।

भाषा संघ नेपाल (लान) कास्कीकाे अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ निर्विराेध चयन भएका छन् । शुक्रवार सम्पन्न संघकाे चाैंथाे वार्षिक साधारणसभा तथा तेस्राे अधिवेशनले श्रेष्ठकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

यस्तै अधिवेशनले संघकाे प्रथम उपाध्यक्षमा पुर्णचन्द्र न्याैपाने, द्वितीय उपाध्यक्षमा श्रीजन भान्साकार्य, महासचिवमा माेती श्रेष्ठ, सचिवमा बालकृष्ण शर्मा र काेषाध्यक्षमा निलम श्रेष्ठलाई चयन गरेकाे छ । सदस्यमा सराेज थापा, पुर्णकुमारी गरुङ्ग, ताेपबहादुर थापा,विकास गाैतम, सविता शेरेचन र कृष्णप्रसाद आचार्य चयन भए ।

Batas

कार्यक्रमकाे उद्घाटन समाराेहमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले नेपालकाे शिक्षा नीति व्यवहारिक हुनुपर्ने बताए । उनले गण्डकी प्रदेशभित्र पनि ल्याएर शिक्षा क्षेत्रका सबै नितिहरुलाई सहजीकरण गर्नुपर्ने जाेड दिए ।

कार्यक्रमका ईक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले नेपालकाे शिक्षा नीति जनतामुखी हुन नसकेकै कारण शैक्षिक क्षेत्रले आशातित फड्काे मार्न नसकेकाे बताए । उनले राज्यकाे शैक्षिक नीति व्यवसायिक हुन नसकेकै कारण वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी तथा सहजीकरण गर्ने कन्सल्टेन्सीहरु पनि समस्या हुने गरेकाे जनाए । जसका लागि उनले राज्यले नै शैक्षिक नितीमा सुधार गर्नुपर्नेमा जाेड दिए ।

भाषा संघ नेपाल जापानिज भाषालाई मात्र विशेष जाेड दिने कन्सल्टेन्सीहरुकाे साझा संस्था हाे । याे संस्थामा कास्की जिल्लाका ४१ कन्सल्टेन्सीहरु आवद्व छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.