www.tandavnews.com
Fact ~ In search of truth

‘चितवन राईनोज’लाई पीपीएलको उपाधि

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज।

क्विन्स ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पोखरामा सम्पन्न दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रंगशालामा आज (शनिबार) भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

उपाधिसँगै राईनोजले रनिङ शिल्ड सहित २७ लाख प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको विराटनगरले १० लाख रुपैयाँमा चित्त बुझायो ।

Batas

प्रतियोगिताबाट म्यान अफ दि सिरिजको रुपमा राईनोजका रोहन मुस्तफा घोषित भए त्यस्तै उत्कृष्ट बलरका रुपमा सोही टिमकै करण केसी र उत्कृष्ट ब्याट्सम्यानका रुपमा काठमाण्डौ गोल्डेन वारियर्सका तथा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल घोषित हुदै जगदम्बा मोटर्सको तर्फबाट एक÷एक टिभिएस मोटरसाईकल प्राप्त गरे ।

त्यस्तै उदीयमान खेलाडीको रुपमा धनगढी ब्लुजका अनिल खरेल नगद रु ५० हजारबाट पुरस्कृत बने । त्यस्तै विराटनगर टाईटन्सका ब्याट्सम्यान लोकेश बम मस्ट भ्यालुएबल खेलाडीको उपाधी सहिन नगद रु १ लाखको हकदार बने । बिजेता तथा उपबिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, प्रदेश सभा सदस्य बिन्दु कुमार थापा तथा राजीव पहारी र लगायतले पुरस्कार वितरण गरे ।

फाईनल खेलमा चितवनले दिएको २ सय ३ रनको फराकिलो लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउदै पराजित हुन पुग्यो ।

विराटनगरका मोहमद जैद आलमले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे पनि टिमलाई जित दिलाउन भने सकेनन् ।

त्यस्तै कप्तान प्रदिप सिंह ऐरीले ३६, पुनित मेहेराले ३२ र नोमान खानले १८ रनको योगदान दिए ।

चितवनका लागि करण केसीले ३ तथा सन्नी पटेलले २ विकेट लिए । त्यस्तै रोहन मुस्तफाले १ विकेट हात पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रनको योगफल तयार पारेको थियो ।

चितवनको फराकिलो योगफलमा अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले ।

दुवै ब्याट्सम्यानले समान ५०-५० रनको योगदान दिए । त्यस्तै कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र करण केसीले २६ रन जोडे ।

विराटनगरका लागि पुनित मेहेराले र जैद आलमले समान २-२ विकेट लिए भने किशोर महतोले १ विकेट हात पारे । गत संस्करणमा चितवन घरेलु टोली पोखरा पल्टनसंग पराजित भएपनि यस संस्करणमा अपराजित उपाधि जित्न सफल भयो ।

यसअघि चितवनले एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको उपाधि जितिसकेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.