www.tandavnews.com
Fact ~ In search of truth

सिरहामा शितलहर,विद्यालय पाँच दिन बिदा

सिरहा ।

विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए । वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएको शिक्षा शाखा प्रमुख लामाले बताए ।

यस्तै अत्यधिक चिसो बढेपछि स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले ठाउँठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउरा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरकलगायतका सामग्री वितरण गर्दै आएका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ भने चिसोेबाट बिरामी भएकाहरुको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.