www.tandavnews.com
Fact ~ In search of truth

चिसोले राउटेलाई सतायो, बालबालिका बिरामी पर्न थाले

सुर्खेत ।

जंगलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ ।

अत्यधिक चिसोबाट जोगाउन विभिन्न संघसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो ।जकेट, कम्बल, हाइनेक, चामल, पीठो, घिउलगायतका सामग्री वितरण गरिएको राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिए ।

ती समुदायका मागअनुसार न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरिएको उनले बताए । ‘राउटे अगुवाले चिसोले सतायो’ भनेर खबर पठाएपछि विभिन्न व्यक्ति, संघसंस्थाबाट सहयोग जुटाइएको बताइएको छ ।

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको बताए । ‘चिसो ह्वात्तै बढेपछि बालबालिकालाई समस्या भएको छ, हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ’, उनले भने, ‘कपडा पाएपछि अलि राहत मिलेको छ ।’

प्रतिष्ठानका अध्यक्ष खड्काले लोपोन्मुख समुदायको जीवन रक्षामा सबैले सहयोग गर्नुपर्ने बताए । ती समुदाय हाल दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जंगल क्षेत्रमा बस्दै आएको छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.