www.tandavnews.com
Fact ~ In search of truth

२२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाइने

काठमाडौं ।

सरकारले २२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने भएको छ । गृह मन्त्रालयमा आज बसेको २२औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले माघ २ गते भव्यताका साथ उक्त दिवस बनाउने निर्णय गरेको हो ।

बैठकमा भूकम्प दिवस कार्यक्रम, भूकम्प दिवस मूल समारोह स्थल चयन, मूल समारोहका प्रमुख अतिथिको चयन, उपसमिति गठन, प्रदेश र स्थानीय तहमा दिवस मनाउने पत्राचार गर्ने विषयमा छलफल भएको थियो ।

Batas

बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकको सुरक्षाको जिम्मेवारी राज्यको भएकाले आउने विपद्बाट बच्ने गरी नीति कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताए। ‘विसं २०७२ को भूकम्पले क्षति पु¥याएको भौतिक संरचनालाई पुनःनिर्माणको कार्यलाई पूर्णता दिन सबै लाग्नुपर्छ’, उनले भने ।

गृहमन्त्री थापाले नेपाल भूकम्प जोखिमको उच्च क्षेत्र भएकाले भविश्यमा पनि आउने जोखिमलाई ध्यानमा राखेर दिवस मनाउने लक्ष्य र उदेश्यमा स्पष्ट हुनु जरुरी रहेको बताए ।

नागरिकको सुरक्षाका लागि आवश्यक नीति, कार्यक्रम र योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । उनले आगामी दिनमा आउने विपद्बाट जोगिनका लागि आवश्यक नीति र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.