www.tandavnews.com
Fact ~ In search of truth

‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’:फेसबुक ह्याक हुनसक्ने सम्भावना !

काठमाडौं ।

सामाजिक सञ्जालमा भाइरल बनिरहेको न्यु एयर सरसप्राईज म्यासेज पठाईरहनुभएको छ । छ भने होशियार हुनुहोस् । यस्ता म्यासेजबाट तपाइको फेसबुक एकाउन्टमा अनाधिकृत पहुँच राख्न सक्ने खतरा रहन सक्ने, यस्ता खालका म्यासेजले तपाईंको फेसबुक ह्याक हुने, अरूसँग गरिएका गोप्य कुराकानी बाहिरिने सम्भावना रहन सक्ने जनाइएको छ ।

सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले भाइरल बनेको ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ यतिबेला भाइरस झै भाइरल बनिरहेको छ ।तपाईंलाई आएको उक्त म्यासेजमा क्लिक गर्नुभयो भने घण्टी भएको ठाउँ खुल्छ । त्यसलाई पनि क्लिक गरेमा नयाँ वर्ष २०२० को शुभकामना प्राप्त हुन्छ ।

Batas

यो म्यासेजलाई तपाइले अन्य साथीहरुलाइ पनि पठाउने व्यवस्था मिलाइएको छ । जसका लागि तपाइले बक्समा कुनै साथीको नाम लेख्नुभयो भने उक्त म्यासेज अरुलाई पनि जानेछ ।यो म्यासेजलाइ सामाजिक सञ्जालमा भाइरस भनेर समेत चर्चा गरिएको थियो । ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भनेर लेखिएको उक्त म्यासेज शुभकामनाका दिने प्रयोजनका लागि बनाइएको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.