www.tandavnews.com
Fact ~ In search of truth

भ्रमण वर्षःपोखराको साइनिगं र्वल्ड र ओमनको क्लाउड क्रसबिच सम्झौता

पोखरा ।

भ्रमण वर्ष सन् २०२० को अवसरमा पोखराको साइनिङ्ग र्वल्ड र ओमनको क्लाउड क्रस बिच सम्झौता भएको छ ।

साइनिङ्ग र्वल्ड र्टुस एण्ड ट्राभल प्राइभेट लिमिटेड र ओमनको क्लाउड क्रस ट्राभल एण्ड टुरिजम बीच एक आपसमा पर्यटकहरु आदानप्रदान गर्ने गरी सम्झौता भएको हो । नागढुंगास्थित ट्राभलको तर्फबाट प्रबन्ध निर्देशक जगत मोहन गिरी र क्लाउड क्रसका प्रबन्ध निर्देशक मुन्ना बाबु परियार बीच उक्त सम्झौता भएको जनाइएको छ ।

Batas

सम्झौता पश्चात ओमनबाट आएका पर्यटकहरुलाई नेपाल र विशेष गरी पर्यटकीय नगरी पोखरामा भित्राई उनीहरुको पोखराको बसाई लम्ब्याउने,यहाँको साँस्कृतिक, ऐतिहासिक र भौगोलिक स्थितीबारे जानकारी दिने साइनिङ्ग र्वल्डका प्रबन्ध निर्देशक मोहन गिरीले बताए ।

पोखरा आएका पर्यटकहरु सुविधाका लागि सक्दो प्रयास गर्ने गरी बजार व्यवस्थापन गर्ने समेत उनले बताए । विदेशमा व्यवसाय गर्दै आएका क्लाउड क्रसका प्रबन्ध निर्देशक मुन्ना बाबु परियारले विदेशी पर्यटक नेपाल भित्राउनका लागि पहल गर्ने गरि साइनिङ्ग र्वल्डसँग सम्झौता गरिएको बताए ।

यसअघि क्लाउड क्रसले काठमाडौंको एबिलिटि ट्राभलसँग पनि सम्झौता गरिसकेको छ । परियारको अनुसार पर्यटकको बसाईको क्रममा विश्वसनीय वातावरण सिर्जना गरी आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उद्येश्यले दुई ट्राभलबीच सम्झौता गरिएको बताए ।

सम्झौता अनुसार ओमन घुम्नका लागि जाने नेपालीलाई बसाईको क्रममा सम्पूर्ण व्यवस्था गर्ने जनाइएको छ । सम्झौता अनुसार साईनिङ्ग र्वल्डले ओमनको सलाम एयरको टिकट व्यवस्थापन सम्बन्धी काम पनि क्लाउड क्रससँग मिलेर गर्ने निर्णय भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.