www.tandavnews.com
Fact ~ In search of truth

नेपाल भ्रमण वर्ष बेलायतमा प्रर्वद्धन गरिँदै

काठमाडौं ।

नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको संयुक्त अधिराज्यमा प्रर्वद्धन गरिने भएको छ । भ्रमण वर्षका सन्दर्भमा नेपालको पर्यटकीय गन्तव्यको प्रर्वद्धनका साथै बेलायतमा नेपाल परिचयात्मक सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोह आयोजना हुने भएको हो ।

नेपालको बारेमा जानकारी दिने, प्रचारप्रसार गर्ने एवं नेपाली तथा विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आजोजना गर्न लागिएको कार्यक्रम संयोजक रघु दाहालले राससलाई जानकारी दिए ।

‘थर्ड आई ग्रुप’ द्वारा सन् २०२० मे २४ मा आयोजना हुने उक्त कार्यक्रममा कलाकार, पत्रकार तथा प्रस्तोताले विभिन्न प्रस्तुति दिने छन् । साथै साहित्यकारले साहित्यिक रचनामार्फत नेपालका बारेमा जानकारी गराउने जनाइएको छ ।

कार्यक्रममा उत्कृष्ट केही कलाकार, पत्रकार, साहित्यकार र खेलाडीलाई सम्मान गरिने छ । सो कार्यक्रममा नेपालबाट करीब ६० कलाकार, पत्रकार, सहित्यकार र खेलाडीको सहभागिता हुनेछ ।

विदेशमा हुने धेरै कार्यक्रमका बारेमा नकारात्मक टीकाटिप्पणी भइरहेका बेला आफूहरुले आयोजना गर्न लागेको कार्यक्रम रचनात्मक, उपलब्धिमूलक, सन्तुलित र विश्वसनीय हुने आयोजक थर्ड आईका निर्देशक विकास देवकोटाले जानकारी दिए ।

उनले यो कार्यक्रम आर्थिक लाभका लागि नभई नेपालको पर्यटन प्रर्वद्धन गर्न र सम्बन्धित क्षेत्रमा योगदान गरेकाहरुलाई प्रोत्साहन गर्नका लागि आयोजना गरिएको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.