www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकन नागरिक मिसेल बिरुद्ध पोखरामा उजुरी

पोखरा
ताण्डव न्युज ।

लर्निङ हाउस प्रालि पोखराले नियम विपरित काम गर्दै आएको भनी उजुरी परेको छ । लर्निङ हाउसकी सञ्चालिका अमेरिकी नागरिक मिसेल अलेग्जेंद्रा विल्सले संस्थाको उद्देश्य विपरित काम गरेको भन्दै एक व्यक्तिले मंसिर २२ गते पोखरा अध्यागमन र पुस १० गते जिल्ला प्रशासन कार्यालय पोखरामा उजुरी दिएका छन् ।

कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको लर्निङ हाउसको प्रवन्धपत्रमा उल्लेख भए अनुसार व्यवस्थापन, करियर स्किल, बारिष्टा र भाषाको कक्षा सञ्चालन गर्ने हो । तर, लर्निङ हाउसकी सञ्चालक मिसेलले पैसा उठाएर विभिन्न होटल तथा रेस्टुरेन्टहरुमा कार्यक्रम गरेको पाइन्छ । त्यतिमात्र होइन उनले टिकट मार्फत र अन्य कार्यक्रम गरेर करोडौं रकम खाएको आरोप छ ।

Batas

मिसेलले कहिले आयोजक लर्निङ हाउस भनेर त कहिले आयोजकको नामनै नखुलाई कार्यक्रम गरेको प्रमाणसहित उजुरी परेको हो । विदेशीले यसरी काम गर्न नपाउने जिल्ला प्रशासन कार्यलयका एक अधिकृतले बताए । ‘सामान्यतय कसैले मनोरञ्जनको लागि कार्यक्रम गर्दा पैसा उठाउन टिकटको व्यवस्था गर्नु स्वभाविकै हो,’ उनले भने, ‘तर यो अमेरिकी नागरिक मिसेलले धेरै पटक कार्यक्रम गरेर कमाउ धन्दा चलाएको देखिन्छ । यस्तो व्यक्तिलाई पोखरा अध्यागमन तुरुन्तै कारवाही गर्नपर्छ ।’

त्यसवाहेक अन्य कामहरु पनि नियम विपरित गरेको भन्दै उनीमाथी छानविन हुन पर्ने गुनासो आएको छ । मिसेलले महिललाई मात्र लक्षित गरि ४ सय बढि जनाको ‘वुमन अन्ली’ नामको च्याट गु्रप बनाएकी छिन् । नियम विपरित गरिएको काम कसैैलाई थाहा नहोस भनी उनले त्यो गु्रपमा महिला त्योपनि आफूले मजाले चिनेकालाई मात्र इन्ट्री गराउछिन् । उनले हजार हजारको टिकट बनाएर सोही गु्रप मार्फत टिकट भिडाउने गर्छिन् ।

यसरी कुनै पनि कार्यक्रम गर्दा कि कम्पनीको उद्देश्य अनुसार हुनुपर्छ नत्र भने जिल्ला प्रशासन कार्यलयबाट अनुमती लिनुपर्छ । अमेरिकी मिसेलले यसरी नियम विपरित काम गर्दा सम्बन्धीत निकायनै मौन रहेको भनी अलोचना सुरु हुन थालेको छ ।

विजनेस भिषामा पोखरा आएकी उनले यसरीनै रकम उठाएर खर्च धान्ने मात्र नभएर लाखौ रकम कमाएको प्रमाण फेला परेको एक स्रोतले बताए । ‘कानुन विपरित काम गर्ने विदेशीलाई सम्बन्धीत निकायले तुरुन्तै कारवाही गर्नुपर्ने हो,’ स्रोतले भन्यो, ‘यहाँ त उजुरी दिँदा समेत कुनै कारवाही भएको छैन । झोले विदेशीले नेपाली ठगेर रकम कुम्लाउदा समेत केही हुँदो रहेन्छ ।’

मिसेलले आफुले कार्यक्रम नगरेको ताण्डव न्यूजसँग फोन सम्पर्कमा बताइन् । कार्यक्रमको लागि स्वीकृति लिनुभएको छ भन्ने प्रश्नमा उनले ‘मलाई केही पनि थाहा छैन, पछि फोन गर्नुस् ’ भनिन् ।

मिसेलले रकम उठाउनलाई गरेका कार्यक्रमहरु :

कार्यक्रमको नाम  स्थान  मिति
लेडिज पुल पार्टी बगैंचा रिसोर्ट, लेकसाइड जुन २९, २०१८
हाइक एन्ड वाइन  भन्ज्याङ रेस्टुरेन्ट, सरांकोट जनावरी २०, २०१८
फेसन एन्ड व्युटी सोहो बार लेकसाइड मार्च १२, २०१९
फिट फर्स फेवुलस प्रिति गर्ल फिटनेस सिर्जनाचोक जुन १४, २०१९
ड्रीम ओ पुल पार्टी बगैंचा रिसोर्ट जुन १८, २०१९
हाइक एन्ड वाइन वाटरफन्ट खपौदी  सेप्टेम्बर ७, २०१९
स्किल क्लिनिक स्पोर्टस क्यासल तेर्सापट्टी नोभेम्बर ३०,२०१९
हाइक एन्ड वाइन वाटरफन्ट खपौदी  सेप्टेम्बर ७, २०१९
स्किल क्लिनिक स्पोर्टस क्यासल तेर्सापट्टी नोभेम्बर ३०,२०१९
फिटनेस स्पोर्टस क्लिनिक व्यायमशाला लेकसाइड नोभेम्बर २८, २०१९
डेकोरेसन स्टायल मेड फाइभ रेष्टूरेण्ट लेकसाइड डिसेम्बर २६, २०१९

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.