www.tandavnews.com
Fact ~ In search of truth

यसरी कमाउनुस फेसबुकबाट पैसा !

काठमाडौं ।

पैसा कमाउन मानिसले अनेक उपाय गर्छ । जागिर खाएर, व्यवसाय गरेर, परिश्रम गरेर पैसा हामी कमाउँदै आएका छौँ । आइडिया भए आजकल घरमै बसेर सामाजिक सञ्जालबाट सजिलो र सरल तरिकाले पैसा कमाउन सकिन्छ भन्ने पनि सबैलाई थाहा छ । तर कसरी पैसा कमाउन सकिन्छ भन्ने धेरैलाई थाहा छैन् ।

सामाजिक सञ्जाल ट्युट्युव तथा फेसबुकबाट पैसा कमाउन सकिन्छ  । विश्वकै नम्बर एक सामाजिक सञ्जाल हो फेसबुक। विश्वभरका करिब १.३ विलियन फेसबुकका प्रयोगकर्ता छन्। दिनमा एक पटक तपाई हामी सबैले फेसबुकको प्रयोग गर्छौ । फेसबुकमा विभिन्न समाचार देखि लिएर विज्ञापन हामी देख्न सक्छौँ । यसबाट हामीले जानकारी लिइरहेका हुन्छौ । व्यापार व्यसाय र उत्पादनको बारेमा विश्वलाई जानकारी दिन फेसबुक अहिले छिटो र सजिलो माध्यम बनेको छ।

Batas

फेसबुकमा हामीले लाइक नगरेको पेजबाट स्पोन्सर भनेर देखिने पोस्टहरू नै विज्ञापन हुन्। जुन फेसबुकलाई पैसा तिरेपछि मात्र त्यसरी देखिन्छन्। यहीनै फेसबुकको मुख्य आम्दानीको श्रोत हो।

तपाई फेसबुकको अडियन्स नेटवर्कमा सहभागी भई काम गर्नुहुन्छ भने सिधै फेसबुकले नै यसका विज्ञापनदाताबाट आएको पैसाको केही प्रतिशत पैसा दिन्छ।

अडियन्स नेटवर्कमा सहभागी

यदि तपाई पनि फेसबुकबाट पैसा कमाउन चाहानुहुन्छ भने तपाई फेसबुकको अडियन्स नेटवर्कमा सहभागी हुनुपर्छ । फेसबुको अडियन्स नेटवर्कमा सहभागी हुन फेसबुक रिलेटेड प्रोडक्ट बनाउनुपर्छ जस्तै मोबाइल एप वा इन्स्टेन्ट आर्टिकल।

मोबाईल एप्स बनाएर त्यसमा फेसबुकमा गरिएका विज्ञापन आफ्नो मोबाइल एपमा देखिने बनाएर पैसा कमाउन सकिन्छ यसको लागि मोबाइल एप्स बनाउने ज्ञान र बनाउने एप्समा नयाँ नौलो कुरा हुनुपर्छ ताकी सबैले उक्त एप्स डाउनलोड गरि हरेक दिन चलाउन्।

यस्तै गरि इन्स्टेन्ट आर्टिकल मार्फत पनि फेसबुकबाट पैसा कमाउन सकिन्छ। इन्स्टेन्ट आर्टिकल भनेको समाचारका लिंकहरू फेसबुकमा छिटो खुल्ने बनाउनु हो।जस्तै फेसबुकको मोबाइल एप्सबाट कुनै समाचारका लिंक खोल्दा अन्य साइटहरु भन्दा छिटो खुल्छन् र फेसबुकमा जस्तै त्यहाँ पनि स्पोन्सर भनेर विज्ञापन आउँछन्।

तपाईसँग कुनै विषयमा लेखन सम्बन्धी ज्ञान छ वा समाचार लेखेर पनि इन्स्टेन्ट आर्टिकल बनाउन सक्नुहुन्छ। यसको लागि एउटा व्लग वा वेबसाइट र फेसबुक पेज बनाउनुपर्छ।

यसरी बनाउनुस इन्सटेन्ट आर्टिकल

https://instantarticles.fb.com मा गइ साइनअप गर्नुपर्छ। त्यसपछि आफूले बनाएको फेसबुक पेजलाई सेलेक्ट गरि एक्सेस इन्स्टेन्ट आर्टिकल टुलमा क्लिलिक गर्नुपर्छ।

अब फेसबुकको पब्लिसिङ टुल खुल्ने छ त्यहाँ आफ्नो वेवसाइट वा व्लगलाई कनेक्ट गर्नुपर्छ। त्यहाँ कनेक्ट योर साइट भन्नेमा क्लिक गरेपछि कालो बाकस भित्र एङगल ब्राकेट भित्र कोड देखिन्छ त्यसलाई कपि गर्नुपर्छ र वेवसाइट वा व्लगरमा राख्नुपर्छ ।

शुरुमा १० भन्दा बढी समाचार वा लेखहरु पोस्ट गरिसकेपछि फेसबुकलाई भेरीफिकेसन गर्न पठाउन सकिन्छ।फेसबुकबाट आफ्नो इन्स्टेन्ट आर्टिकल एप्रुभ भएर आएपछि आफूले पैसा कसरी प्राप्त गर्ने हो त्यो विवरण पेआउट अप्सनमा राख्नुपर्नेछ।

आफ्नो इन्स्टेन्ट आर्टिकलमा विज्ञापन देखिने बनाउन एडप्लेसमेन्ट बनाउनु पर्छ उक्त कोड आफ्नो वेबसाइटमा राखेपछि इम्प्रेसन र क्लिकको आधारमा आफ्नो खातामा पैसा जम्मा हुँदै जान्छ। १०० अमेरीकी डलर पुगेपछि फेसबुकले उक्त पैसा तपाईको बैंक खातामा स्विफ्ट सिस्टमबाट जम्मा गरिदिन्छ। नेपालमा भएको बैंक खातामा पनि पैसा रिसिभ गर्न सकिन्छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.