www.tandavnews.com
Fact ~ In search of truth

‘सोसल इन्क्वारी, जर्नल अफ सोसल साइन्स’ को पहिलो अंक प्रकाशन

पोखरा ।

अनुसन्धानमा आधारित समाज विज्ञानसँग सम्वन्धित लेखहरु प्रकाशन गर्ने उद्देश्य सहित स्थापित ’सोसल इन्क्वायरी, जर्नल अफ सोसल साइन्स’ को पहिलो अंक प्रकाशित भएको छ।

शसक्तिकरण र दिगो विकास मन्च नेपालको लगानीमा बार्षिक रुपमा दुई अंक प्रकाशन गर्ने उक्त संस्थाका कोषाध्यक्ष शिव बगालेले बताए।जर्नलमा समाज विज्ञानमा आधारित आठवटा शोध लेखहरु प्रकाशित छन ।

Batas

विश्वका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापकहरु सहित मुलुकका प्राध्यापक र शैक्षिक व्यक्तित्वहरुको संलग्नतामा प्रकाशित शोध जर्नल क्रसरेफ,युविक्युटि प्रेस र नेपजोलबाट प्रमाणित शोधलेखहरु उल्लेख भएको इनयाप्सकि कार्यक्रम विशेषज्ञ सिउक्स कमिंगले बताए।

शोधपत्रिकाका कार्यकारी सम्पादक श्रीप्रसाद देवकोटाले उक्त शोध पत्रिका अन्तर्राष्ट्रिय मानक सिरियल नम्बर(ISSN/ eISSN)  र डिजिटल बस्तु पहिचाहनकर्ता नम्बर(DOI) प्राप्त शोध पत्रिका रहेको जानकारी दिए ।कार्यकारी सम्पादक देवकोटाका अनुसार नेपाली समाज विज्ञानमा आधारित अनुसन्धानात्मक लेखहरु अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्नु शोध पत्रिकाकाको मुख्य लक्ष्य रहेको छ।

विश्वका जुनै विश्वविद्यालय वा समाजका शोध कर्ताहरुले शोधपत्रिकामा लेख प्रकाशनका लागि शोध लेखहरु पठाउन सक्ने प्रकाशकले बताएका छन्।शोधपत्रिकाका अर्का कार्यकारी सम्पादक रेवत ढकालका अनुसार प्राप्त लेखहरु उक्त शोधपत्रिकाका समीक्षकहरुको निर्णयअनुसार प्रकाशित गर्ने वा नगर्ने अधिकार कार्यकारी समितिले गर्नेछ।

ढकालका अनुसार यसको उदेश्य शोधलेखहरुको अन्तर्राष्टिय गुणस्तर कायम गर्नु र स्तरिय शोधलेख प्रकाशन गर्नु रहेको छ।सोसल इन्क्वारी, जर्नल अफ सोसल साइन्स को पहिलो अंकमा प्रकाशित शोध लेखहरु तलको लिंकमा गएर पठ्न सकिन्छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.